एभरेस्ट प्रिमियर लिग (इपिएल) टोली काठमाडौं किग्स एलेवेनले आफ्ना विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरि टोलीले दुई श्रीलंकन र एक भारतीय गरी  तीन जना विदेशीलार्इ टाेलीसँग अावद्ध गरेकाे जनाएकाे छ।

काठमाडौंको टोलीमा श्रीलंकाका टेस्ट खेलिसकेका अलराउण्डर फरभेज महरुफ तथा श्रीलंकाकै अक्षय फ्रनान्डेज र भारतका सागर कुमार छन्। महरुफले काठमाडौं किग्स एलेवनको कप्तानी समेत गर्ने टाेलीले जनाएकाे छ।

महरुफले श्रीलंकाका लागि २२ टेस्ट, १०९ एकदिवसीइ र ८ वटा टि–२० प्रतियोगिता खेलेका छन्। २००४ मा श्रीलंकन टोलीबाट टेस्ट र एकदिवसीयमा उनले डेब्यु गरेका थिए। उनले श्रीलंकाका लागि अन्तिम टेस्ट २०११ मा खेलेका छन् भने अन्तिम एकदिवसीय र टि–२० २०१६ मा इंग्ल्याण्ड विरुद्ध खेलेका छन्।

यस्तै, अक्क्षय फ्रन्नान्डेज श्रीलंकाका्र तगा सागर कुमार भारतको स्थानिय प्रतियाेगिताहरू खेल्ने गर्छन्। सागर पञ्जावका खेलाडी हुन्।

Featured in: cricketingnepal.com