काठमाडौं किंग्स ११ ले आगामी सोमवारबाट शुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपिएल) का लागि श्रीलंकाका पुर्व अलराउन्डर फरभेज महारुफलाई आफ्नो टोलीको कप्तानका रुपमा नियुक्त गरेको छ । काठमाडौंमा एक पत्रकार सम्मलेलन गर्दै काठमाडौंले महारुफलाई कप्तान नियुक्त गरेको हो ।
३३ वर्षिय अलराउन्डर महारुफले श्रीलंकाको लागि २२ टेष्ट, १०९ एकदिवसीय र आठ ट्वान्टि ट्वान्टि खेलेका छन् । २२ टेष्टमा उनले ५५६ रन बनाएका थिए भने २५ विकेट लिएका थिए । त्यस्तै १०९ एकदिवसीयमा उनको ब्याटबाट १११३ रन निक्लेको थियो भने १३५ विकेट आफ्नो नाममा लेखाउन सफल भएका थिए ।
ट्वान्टि ट्वान्टिमा श्रीलंकाको तर्फबाट मात्र आठवटा खेल खेलेका महारुफले पाँच पारीमा मात्र ३३ रन बनाउन सके भने सात विकेट लिन सके ।
नेपालका तिब्र गतिका बलर सोमपाल कामी मार्की खेलाडी रहेको काठमाडौंका अन्य दुई विदेशी खेलाडीमा अक्ष्य फर्नान्डेज र सागर कुमार रहेका छन् ।
नेपालको सबै भन्दा ठुलो फ्रेन्चाईज बेस क्रिकेट प्रतियोगितामा काठमाडौंले आफ्नो पहिलो खेलमा ललितपुर प्याटरियोट्स बिरुद्द सोमवार प्रतिस्पर्धा गर्नेछ ।
ईपिएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले (आईसिसी) हिजो मात्र मान्यता दिएको थियो । नेपाली प्रतियोगिताले आईसिसीको मान्यता पाएको यो नै पहिलो पटक हो ।
Featured in: cricketingnepal.com