काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट मान्यता प्राप्त एभरेष्ट प्रिमियर लिग (इपिएल) का टिमहरुले धमाधम आफ्नो टोली तथा खेलाडी घोषणा गर्दै छन् ।

गत बुधबार ललितपुर प्याट्रियट्सले टिममा खेल्ने तीन विदेशीसहित १४ सदस्यीय टिमको घोषणा गर्दा शुक्रबार काठमाडौं किङ्स इलेभेनले तीन विदेशीसहित १४ सदस्यीय टिमको घोषणा गर्‍यो । दुवै टिमले ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी भने प्रतियोगिताभन्दा १ दिन अघि सार्वजनिक गर्ने बताएका छन् ।

शुक्रबार घोषणा गरिएको काठमाडौं किङ्स इलेभेन टिमको कप्तानी श्रीलंकाका पुर्व अलराउन्डर फरभेज महारुफलाई प्रदान गरिएको छ । ३३ वर्षीय अलराउन्डर महारुफले श्रीलंकाको लागि २२ टेष्ट, १०९ एकदिवसीय र ८ टी–२० प्रतियोगिता खेलिसकेका छन् । टिमका अन्य दुई विदेशी खेलाडीमा अक्ष्य फर्नान्डेज (श्रीलंका) र सागर कुमार (भारत) रहेका छन् ।

सोमपाल कामी मार्की खेलाडीको रुपमा रहेको काठमाडौं किङ्स इलेभेनको टिममा नरेश बुढाएर, सागर पुन, जितेन्द्र मुखिया, राजु रिजाल, सुशिल कंडेल, सिद्धान्त लोहनी, पुरन बिक, बिक्रम भुसाल र अमर सिंह रौटेला रहेका छन् ।

यस्तै इपिएलका लागि चितवन टाइगर्सले आज साझ तीन विदेशी खेलाडी सहितको टिमको घोषणा गर्दैछ । पुस ३ गतेबाट शुरु हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किङ्स र ललितपुर प्याट्रियट्सले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा ललितपुर पेट्रिएट्ससँगै चितवन टाइगर्स, काठमाडौं किङ्स इलेभेन, विराटनगर वारिवर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका

Featured in: wicketnepal.com